बिहिबार, चैत्र १५, २०८०

तामेलदार परियार घुस रकम सहित रंगेहात पक्राउ

Captureकाठमाडौं भाद्र २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जिल्ला अदालतका तामेलदार सुर्य प्रकाश परियारलाइ सेवाग्राहीसँग ३५ हजार घुस लिँदा लिदैको अवस्थामा रंगेहात पक्राउ गरेका छन् ।

आयोगद्दारा जारी विज्ञप्तिमा  आइतबार तामेलदार परियारले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा  अनुसन्धानका लागि गएको  टोलीले   काठमाडौंको बुढानिलकण्ठबाट   परियारलाइ ३५ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको उल्लेख गर्दै आवश्यक  अनुसन्धान सुरु गरेको जनाएको छ।