शुक्रबार, चैत्र १६, २०८०

डुंगा दुर्घटनामा २० को मृत्यु ,मुख्यमन्त्री आदित्यनाथद्दारा दुःख व्यक्त

एजेन्सी भाद्र २९,   भारतको उत्तर प्रदेश राज्यको करिब ६ किलोमिटर दुरीमा रहेको काठा गाउँस्थित यमुना नदीमा बिहीबार बिहान डुंगा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएको छ ।

Captureकाठा गाउँबाट दैनिक मजदुरीका लागि हरियाणातर्फ जाने क्रममा डुंगा दुर्घटना भएको र दुर्घटना भएलगत्तै केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका कारण खोजी तथा उद्धारमा विभिन्न टोली परिचालन गरिएको बताइएको छ ।

यसैवीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले डुंगा दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई हरसम्भव राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।