शनिबार, बैशाख ८, २०८१

जनणतान्त्रिक मोर्चा पनि निर्वाचनमा होमिने

काठमाडौ असोज ७, देशभक्त जनगणतान्त्रिक मोर्चाले घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने भएको छ । पार्टी कार्यालय बुद्धनगरमा शुक्रवार Thumbnails2_cp gajurelबसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनलाई क्रान्तिकारीरुपमा उपयोग गर्ने निर्णय सहित आसन्न निर्वाचनमा मोर्चाले भाग लिने निर्णय गरेको अध्यक्ष सिपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मोर्चाले निर्वाचनमा चार दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग कुनै हालतमा तालमेल नगर्ने र समान विचार राख्ने अन्य पार्टी र संगठनसँग कार्यगत एकता र तालमेल गर्ने नीति अख्तियार गर्न सक्ने बताउँदै यसको लागि पहल भइरहेको उल्लेख गरिएको छ ।