बिहिबार, बैशाख १३, २०८१

चर्चित युवा गायक बुढाथोकीको कसरी कसरी सार्बजानिक

काठमाडौ असोज ६ , नेपालीको महान चाड दशै नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा दशैका गीत आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा चर्चाको शिखरमा रहेका युवा गायक तथा संगीतकार टंक बुढाथोकिले भने भिन्न प्रकृतिकको आफ्नो कोसेली लिएर आएका छन। दशैमा आधारित गित दसै 21895091_1643585485691617_1375392703_oआयो दशै आयो नामक गित बाट चर्चामा रहेका बुढाथोकी अहिलेको कसरी कसरी नामक नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हो ।

पछिल्लो समयमा संगीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, संगीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन्। काली तिम्रो नजरैले, सुन्तली घण्टी बज्यो मनको, म त बद्लिए, किन गाह्रो गाह्रो हुन्छ, तिम्ले बाटो फेरेउ अरे, मोबाइलको क्यामरामा, पुर्बकी होस या होस पश्चिमकि लगायत दर्जनौ चलचित्रका र आधुनिक हिट गीत निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला र गला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफल भइसकेका छन् ।

बिगत १० बर्स देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागि रहेका गायाकले अहिले सम्म १०० भन्दा बढी गितहरुमा स्वर तथा संगीत दिई सक्नु भएको छ भने अहिले काठमाडौको पुतलीसडकमा आफ्नै स्टुडियो समेत चलाइरहनु भएको छ । गायक बुढाथोकीको कसरी कसरी नामक गीतमा शब्द, संगीत तथा स्वर स्वयं आफ्नो रहेको छ भने गायिका मेलिना राइले साथ दिएकी छ्न। उक्त म्युजिक भिडियोमा सुनिल क्षेत्री, सन्ध्या भट्टराई र नेपाली ठिटोको अभिनय तथा सुनिल क्षेत्रीको निर्देशन रहेको छ ।