बिहिबार, बैशाख ६, २०८१

चक्रेश्वर बज्राचार्यलाइ “मूलचक्रेश्वराभिषेक”

काठमाडौं भाद्र २३ , नेपालमा प्रचलित प्राचिन बज्रयान बौद्ध निकाय अन्तरगत काठमाडौंका मूल अठार महाविहार मध्येका जेष्ठतम महास्थविर “ मूलचक्रेश्वर ” पदमा आसिन हुनु भएका मैत्रीपूर महाविहार “क्वा बाहा”का श्रद्धेय चक्रेश्वर श्री सर्वज्ञ रत्न बज्राचार्यज्यूलाई राजगुरुजु मञ्जु श्री रत्न बज्राचार्यबाट मूलचक्रेश्वरको मुकुट IMG_8808पहिराई “मूलचक्रेश्वराभिषेक” ( देथाय्पा लुयेगु ) प्रदान गर्ने गरिएको छ ।
राजधानीस्थित ऐतिहासिक मैत्रीपूर महाविहार, क्वा बाहालमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न महाविहारका चक्रेश्वरज्यूहरु, लामा गुरुहरु, भिक्षु भिक्षुनीहरु, बौद्ध बिद्धानहरु लगायत विभिन्न बौद्ध संघ सस्थाका व्यक्तिको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो ।

बौद्ध विद्वान प्रा.डा. नरेशमान बज्राचार्यज्यूबाट अभिषेक गाथा वाचन गरी शुरु भएको कार्यक्रमममा राजगुरुजु श्री मञ्जु श्री रत्न बज्राचार्यज्यूबाट मूलचक्रेश्वरलाई कलशाभिषेक, मुकुटाभिषेक, बज्राभिषेक, धण्ठाभिषेक, नामाभिषेक, पुष्पाभिषेक तथा छत्राभिषेक प्रदान गरी मूलचक्रेश्वर भएको घोषणा गरीएको थियो । “मूलचक्रेश्वर” पद बज्रयानी बौद्ध गुरु बज्राचार्यहरुको सबै भन्दा सम्मानित सर्वोच्च पद भएको र अबको दिनहरुमा नयाँ मूलचक्रेश्वरको मार्ग निर्देशनमा विभिन्न कार्यहरुको सम्पादन गरिने बताइएको छ ।