शनिबार, बैशाख ८, २०८१

गृहजिल्ला रौतहटमा सहरी विकास मन्त्री साहको चुनावी सक्रियता

काठमाडौं भाद्र ३०, अनेक राजनीतिक आरोह अवरोहकाबीच २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते हुदैछ । तराई मधेसमा पर्ने २ नम्बर प्रदेश अन्र्तगत ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुदैछ । प्रमुख राजनीतिक दलका शिर्ष नेतापनि यतिबेला मधेशकै निर्वाचनमा सक्रिय छन् । यतिमात्र होइन Rautahat 1सरकारमा सहभागी मधेसबाट प्रतिनिधित्व गर्ने मन्त्री पनि आफ्नो गृहजिल्लाकै निर्वाचन अभियानमा लागेका छन् ।

नेकपा माओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजक तथा सहरी विकास मन्त्री प्रभु साह पनि एक हप्ता अघिदेखि गृहजिल्ला रौतहटमै निर्वाचन प्रचारप्रसार अभियानमा व्यस्त रहेका छन् । निर्वाचन अभियानमा निकै सक्रिया नेताको रुपमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्चा यतिबेला सबैतिर भएको छ । पार्टीका माउ नेता नै निर्वाचनमा सक्रिय भएको हुनाले स्थानीयका नेता तथा कार्यकर्तालाई पनि एकताबद्ध भएर निर्वाचनमा लाग्न नैतिक दवाव परेको छ ।

बिहानदेखि राती अवेरसम्म चुनावी सभा तथा मतदतातको घरदैलोमा व्यस्त हुने गरेका मन्त्री साहले निर्वाचनको समयमा रौतहटमा सबै माओवादी नेतालाई एकजुट भएर अभियानमा सहभागी बनाउन सकेकोमा समेत पार्टी भित्रै निकै उनको तारिफ हुने गरेको छ । मधेशमा अधिकास दलभित्र उम्मेदवारी वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै दलका नेता तथा कार्यकर्तामा निस्कियता समेत बढनु स्वभाविक बनेको छ । माओवादी केन्द्रका नेता साहसँगै अन्य केन्द्रीय र क्षेत्रिय स्तरका नेताहरु अशोक जयसवाल, सत्यनारायण भगत विन, देवेन्द्र पटेललगायतका नेताको निर्वाचनमा निकै सक्रियता बढ्नुले पार्टी र नेतृत्व दक्षताको पुष्टि भएको मानिएको छ ।   मधेशमा ८ जिल्ला मध्ये रौतहटमा मन्त्री साहकै प्रभाव भएकाले माओवादी केन्द्रको आधार क्षेत्रको रुपमा लिने गरिन्छ । कतिपयले रौतहटको विकासलाई विहारका मुख्य मन्त्री लालु यादवसँग प्रभू साहको तुलना समेत गर्ने गरेको स्थानीय जितेन्द्र पट्टेल बताउँछन