बिहिबार, बैशाख १३, २०८१

कुन दलका नेताले कुन मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्दैछ ?

काठमाडौं असोज २ ,  स्थानीय तहको चुनावअन्तरगत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् । प्रदेश न २ न को चुनावमा कुन दलका कुन नेताले कुन मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्दैछ सोको जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

nirbachan2एमाले वरिष्ठ नेता माधवकुमार नेपालले  गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । त्यस्तै  माओवादी केन्द्रका नेता एवं शहकारी विकासमन्त्री प्रभु शाहले गृह जिल्ला  रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दै हुनुहन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसाल्दै हुनुहुन्छ चने   नेपाली कांग्रेसकी कोषाअध्यक्ष सीतादेवी यादवले सिरहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । त्यस्तैगरि  स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेलले   गृह जिल्ला महोत्तरीको  बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसाल्दै हुनुहुन्छ ।

 राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले   सर्लाही जिल्लाको  चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गर्नुहुन्छ भने  राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिकाबाट मतदान गर्दै हुनुहन्छ ।  त्यस्तैगरि   राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता   महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दै हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले   गृह जिल्ला  धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दै हुनुहन्छ भने  राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले  सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसाल्दै हुनुहुन्छ ।  आनन्द ढुंगाना:  नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले   गृहजिल्ला धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसाल्दै हुनुहन्छ  भने    राष्ट्रिय जनता पार्टीका नेता शरतसिंह  भण्डरीले   गृह जिल्ला  महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दै हुनुहुन्छ ।  त्यस्तै  कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले    गृहजिल्ला बारा पुगिसक्नुभएको छ । उहाँले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदान गर्दै हुनुहुन्छ ।त्यस्तै   प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले पनि   गृहजिल्ला सप्तरीमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ ।