शुक्रबार, चैत्र १६, २०८०

कर्मचारीको हैरानी विरुद्ध उजुरीको लागि सेवाग्राहीलाइ निःशुल्क ११५१ हटलाइन

काठमाडौ भाद्र १६,   नेपाल विद्युत् प्राधिकरणले अन्र्तगतका ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन नगरे वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने images-cms-image-000023721सो नम्बरमा फोन गर्न सकिनेछ ।   ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन चौबीसै घन्टे उक्त हटलाइन टेलिफोन नम्बरको आवश्यकता महसुस गरि सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभएको छ ।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार एकैपटक तीनजनासम्मले फोन गर्न सक्ने प्राधिकरणको उक्त सेवामार्फत केन्द्रका कर्मचारीको व्यवाहार घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता समसामायिक गुनासा सिधै ११५१ फोन गर्न सकिने र प्राधिकरणका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको गुनासो आउनासाथ सम्बन्धित थलोमा नै कारबाही गरिनृ जनाएको छ ।  साथैप्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको उहाँले जानकारी दिनु भएको छ ।