शुक्रबार, बैशाख १४, २०८१

आयोगले भन्यो -आचारसंहिता विपरित सार्वजनिकरूपमा चियापान लगायतका कुनै पनि कार्यक्रम नगर्नु

काठमाडौ असोज ५ ,  निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्दारा बुधवार जारी विज्ञप्तिमा हिन्दूको महान् चाड PressRelease20740642निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउनसक्ने जनाउँदै यस किसिमका गतिविधि नगर्न आग्रह उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको आचारसंहिता लागू भइरहेको अवस्थामा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्र्नुको अलावा जारी आचारसंहिताको वर्खिलाप हुने भएकाले सार्वजनिकरूपमा सार्वजनिक स्थानमा यसप्रकारका चियापान समारोह तथा भोजभतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गर्ने निर्णय गरेको बताईएको छ ।