बिहिबार, बैशाख १३, २०८१

आयोगद्दारा निर्वाचन कार्यतालिका सार्वजनिक,पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुने

काठमाडौ  उपत्यकामा  दोस्रो चरणमा निर्वाचन हुँने

काठमाडौ भाद्र १६, निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक 870880256गरेको छ ।  आगोगका अनुसार मुलुकको भौगोलिक अनुकूल अनुरुप आगामी मंसिर १० गते पहिलो चरण अन्र्तगत हिमाली र उच्च पहाडी ३२ जिल्लामा चरण अन्र्तगत मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

आयोगले प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा जिल्ला र त्यस्तै प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट तथा डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा आगामी मंसिर १० गते गर्ने निर्णय  गरेको छ ।

त्यस्तैगरी प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लामा भने दोस्रो चरण अन्र्तगत मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ । साथै  प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख, प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि दोस्रो चरणमानै हुने आयोगले जनाएको छ ।