मङ्लबार, बैशाख ११, २०८१

आज विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै

काठमाडौ असोज १, प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै छ । विश्वकर्माको पूजाको दिन lord_vishwakarmaआफ्ना सवारी साधन, तथा धातुजन्य मेसिनरी औजार आदिको पूजा गर्ने परम्परा रहेको छ । आजका दिन विश्वकर्मा लगायत विभिन्न उपकरणहरुको पूजा गर्नले वर्षभर त्यसले लाभ दिने जनविश्वास हिन्दू धर्मालम्बीहरुमा रही आएको छ। त्यस्तै विश्वकर्मा पूजाको दिन आज देशका विभिन्न विश्वकर्माका मन्दिरहरुमा सर्वसाधारणको घुईंचो लागेको छ।