शुक्रबार, चैत्र १६, २०८०

आज पल्सर स्पोर्टस् अवार्ड अन्र्तगतका उत्कृष्टलाई पुरस्कृत गरिने

काठमाडौ भाद्र २६ , नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकलाई आज एक विशेष कार्यक्रमकावीच Captureअवार्ड वितरण गरिने भएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने उक्त कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्डको समृत घोषणा गरिने छ ।  यसपटकको मनोयनमा यसपटक पनि वर्षको उत्कष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, लोकप्रिय खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट र उत्कृष्ट टिमलाई पल्सर स्पोर्ट्स अवार्ड वितरण गरिनेछ ।  यसपटक फुटबलबाट सबैभन्दा धेरै ६ जना मनोनयनमा परेका छन् भने एथ्लेटिक्सबाट ४ तथा क्रिकेट र ब्याड्मिन्टनबाट ३/३ जना मनोनयनमा परेका छन् ।