शुक्रबार, बैशाख १४, २०८१

अधिकारकर्मी उपाध्याय माथि भएको निर्घात कुटपिटको महासंघद्दारा भत्र्सना, दोषीलाइ तत्काल कारवाहीको माग

काठमाडौं असोज ९, डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल ५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी महिला अधिकार मञ्च पर्साको अध्यक्ष  एवम् पत्रकार रसना ढकालकी  आमा  राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै मानसिक यातना दिईएको हो ।  यसअघि उपाध्याय महिला अधिकारको क्षेत्रमा क्रियाशिल हुँदै बहुविवाह, घरेलु हिंसा, लैङिगक हिंसा र बोक्सीको आरोपमा पीडित सयौं महिलाहरुलाई आफ्नै पहलमा न्याय दिलाउँने काम गर्दै आएपनि आज उनि आफै पीडित बन्न पुगेकी छन्

यसैवीच विश्व हिन्दू महासंघले प्रस्तुत घटनाको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महासचिव अस्मिता भण्डारीले आज एक प्रेस 22052595_1732165890419213_1929204304_nविज्ञप्ति जारी गर्दै पितृसत्तात्मक सामाजीक संरचना, अन्धविस्वास र रूढ़िवादी सोचका कारण समाजमा महिला माथि हुने गरेको यस किसिमको निन्दनीय एवम् अमानविय व्यवाहरको  घोर भत्सर्ना  गर्दै  यो वा त्यो वहानामा  धार्मिक  आस्था र  संस्कार माथिनै  प्रहार गर्ने यस किसिमको नियोजित  शैली विरुद्ध  महासंघ  सदैव अडिग रहेको   जनाउँदै   सम्पूर्ण मानव समाजलाइ  वसुदैब कुटुम्बकम्को उच्च भावना सहित अगाडि बढ्न महासंघले  आव्हान  गरेको छ ।

त्यस्तै विज्ञप्तिमा अधिकारकर्मी उपाध्याय माथि रातको समयमा १० –१५ जनाको समूहमा रहेको जथ्थाले बोक्सीको आरोप लगाउँदै गरेको निर्घात कुटपीट सहित लछार पछार गर्नु भनेको मानव अधिकारमाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ । साथै तत्काल घटनामा संगल्न दोषी  उपर कडाभन्दा कडा कारवाही गरि पिडितको  आत्मासम्मान  र मानवअधिकारको रक्षा गर्न  समेत महासंघले माग गरेको छ ।