आइतवार, अशोज ३, २०७८

मन्त्रालयको वेबसाइट प्रकाशित एफएम रेडियो सञ्चालन कार्यविधि प्रति महासङ्घको आपत्ति

काठमाडौ असोज ८ ,नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना कार्यविधि’ मन्त्रालयको Press release Asoj 8- firstवेबसाइटमा प्रकाशन गरेकामा आपत्ति जनाएको छ ।

आज महासङ्घका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशन उक्त नमूना कार्यविधि संविधानसँग बाझिने, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र एफएम रेडियोलाई निरुत्साहित गर्ने खालको रहेकाले त्यस्तो कार्यविधि बनाउन स्थानीय तहलाई उक्साउने कार्य नगर्न मन्त्रालयलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा महासङ्घ स्थानीय तहलाई संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न बनाउने विषयलाई प्रोत्साहित गर्न चाहन्छ तर त्यस बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयासको सशक्त प्रतिवाद गर्ने उल्लेख गर्दै कुनै पनि स्थानीय तहले यस प्रकृतिको कार्यविधि जारी गरेमा त्यसको सशक्त प्रतिवाद गरिने पनि जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031