शुक्रबार, अशोज ८, २०७८

भक्तपुरमा दोश्रो उपत्यका व्यापी खुल्ला धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर असोज १०, भक्तपुरमा दोस्रो उपत्यका व्यापी खुल्ला धिमे बाजा प्रतियोगिता २०७४ हुने भएको छ । मानन्धर व्यायाम मन्दिरको २५ औं बसन्त पार गरेको अवसर असोज १९ गते सो प्रतियोगिता हुने भएको हो । dhime baja photoरफत सञ्चार क्बलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले संस्थाले बिगतमा पनि कला संस्कृतिको जर्गेना गर्न बिभिन्न खालका कार्यक्रम गर्दै आएकोमा भक्तपुरको कला बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले उपत्यका ब्यापी खुल्ला दोस्रो धिमे प्रतियोगिता गर्न लागेको बताए ।

उक्त प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले बताए । उनले भने प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र चौथो हुनेलाई धिमेका साम्रगीका साथै शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । उक्त प्रतियोगीतामा २ लाख ५८ हजार खर्च हुने आयोजकले जनाएको छ । सहभागी रहेका धिमे बाजका प्रतिस्पर्धीहरुलाई धिमेका पाँच बिद्याबाट निर्णय गरेर क्रमश बिजय घोषित गर्ने पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031