शनिबार, अशोज ६, २०८०

पेजथ्री लाइफटाइम एचिभमेन्ट अवार्ड विष्णु जल्मिलाई

तेश्रो पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्ड   : 

काठमाडौं असोज ९, पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करण आइतवार ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, anup_20170924_-40 anup_20170924_-39 anup_20170924_-41म्यूजिक भिडियो र चलचित्रहरु बीच उत्कृष्टलाई आज anup_20170924_-16 anup_20170924_-25 anup_20170924_-37anup_20170924_-5anup_20170924_-15 anup_20170924_-2 anup_20170924_-34 anup_20170924_-43आयोजित समारोहबीच पुरस्कृत गर्दै राजधानीमा सम्पन्न भएको छ कार्यक्रममा नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिंदै आउनुभएका संगीतकर्मी विष्णु जल्मिलाई यस वर्षको पेजथ्री लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरीयो । लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार जल्मिलाई ई ल्वहं पब्लिकेशनका संस्थापक धर्मबीर शाक्य काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सयुक्तरुपमा सम्मान पत्र अवार्ड प्रदान गर्दै सम्मानीत गर्नु भएको हो ।

त्यस्तै कार्यक्रममा संगीत क्षेत्रमा विभिन्न ८ , म्यूजिक भिडियो अन्तर्गत ७ वटा र चलचित्र अन्तर्गत १८ वटा विधामा उत्कृष्टलाई पुरस्कृत गर्ने क्रममा यस वर्षको पिपल्स अवार्डको नामांकनमा पर्न सफल मध्ये संगीत अन्तर्गत उत्कृष्ट गायन महिलातर्फ ‘खालिगु भ्वँतय्’ गीतको लागि दीपा महर्जनलाइ त्यस्तै उत्कृष्ट गायन पुरुषतर्फ ‘भिंगु कर्म यानाः’ गीतबाट सानुवाबु महर्जनलाइ पुरस्कृत गरिएको थियो ।

त्यस्तै उत्कृष्ट संगीत संयोजकको अवार्ड भुपेन्द्र बज्राचार्य , उत्कृष्ट संगीतर्फ जुगल डंगोल, उत्कृष्ट रचनातफ नातिबज्र बज्राचार्यलाइ अवार्ड प्रदान गरिएको थियो ।  उत्कृष्ट युगल गीत तर्फ शिवराज जोशी र रत्नशोभा महर्जनले अवार्ड हात पार्न सफल भए । ‘तुयूतुयू धाःगु’ गीतको लागी विरज महर्जन उत्कृष्ट नव प्रतिभाको रुपमा पुरस्कृत भए । पूर्णकाजी ज्यापुको एल्बम ‘ऋतुया लसं पिज्वःगु सः’ उत्कृष्ट घोषित गरिए । साथै म्यूजिक भिडियो अन्तर्गत उत्कृष्ट मोडल महिला तर्फ ‘मुसुमुसु न्हिला’बाट रजनी खड्गी, उत्कृष्ट मोडल पुरुषतर्फ ‘छंगु लिक्क’को लागी सुरज व्यन्जनकार, उत्कृष्ट कोरीयोग्राफर सुनिता राजभण्डारी (लिक्क च्वनाः), उत्कृष्ट निर्देशन राजन शाहि उत्कृष्ट क्यामेरा पर्सन शैलेस डंगोल उत्कृष्ट सम्पादन बालकृष्ण वंशी उत्कृष्ट म्यूजिक भिडियो रुपेन्द्र श्रेष्ठको मुसुमुसु न्हिलाः छं ले अवार्ड जित्न सफल भएको थियो ।

त्यस्तै चलचित्रतफ सबैभन्दा बढि अवार्ड ‘तिन तिकः महाःबिकः चलचित्र’को पोल्टामा पर्न सफल भयो । सो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्डको साथै सोहन मानन्धरले उत्कृष्ट दृश्य सम्पादन र उत्कृष्ट क्यामेरापर्सन, सोहि चलचित्रको टाइटल गीतले उत्कृष्ट ओरिजिनल साउन्डट्र्याक, उत्कृष्ट कलाकार पुरुष मुख्य भूमिकातर्फ रुपेन्द्र थक्वाः, उत्कृष्ट नवप्रतिभा महिलातर्फ निकि महर्जन, उत्कृष्ट नव कलाकार पुरुषतर्फ योगेन महर्जनले अवार्ड जित्न सफल भए ।
उत्कृष्ट स्क्रीनप्ले सुरेन्द्र तुलाधर (अंश), उत्कृष्ट संवाद आर्यम नकःमि (तुयूमति), अंश चलचित्रबाट राजेन्द्र खड्गीले उत्कृष्ट द्वन्द निर्देशक, उत्कृष्ट बालकलाकार नस्वाः जोशी (थ्व ला ग्यान्पु स्टाइल) उत्कृष्ट कोरीयोग्राफर विधामा भुवन श्रेष्ठ (अंश) ले जित्न सफल भए । उत्कृष्ट निर्देशन विधामा आर्यम नकःमि (तुयूमति), उत्कृष्ट महिला कलाकार मुख्य भुमिका भिन्तुना जोशी (मू मदुगु जिन्दगी), उत्कृष्ट पुरुष कलाकार सह भूमिकामा श्यामसु्न्दर शिल्पकार (तिमिला), उत्कृष्ट महिला कलाकार सह भूमिकामा रोजिना सुवाल (थ्व ला ग्यान्पु स्टाइल), उत्कृष्ट हास्य कलाकार सविन शाक्य (तुयूमति), उत्कृष्ट खल कलाकार मानकृष्ण वावा (थ्व ला ग्यान्पु स्टाइल) ले जित्न सफल भयो ।
कार्यक्रममा राजु शाक्य र संगीता खड्गीको भैरवकाली चर्या नृत्य र इन्द्र विनायक क्लबको ग्रुप डान्स प्रस्तुत गरीएको थियो भने अंजन श्रेष्ठले लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित विष्णु जल्मिका गीतहरुलाई म्यास अप प्रस्तुति दिएका थिए । कार्यक्रम नेपालभाषाको पहिलो रंगीन पाक्षिक पत्रिका पेजथ्री बाट आयोजना गरिएको थियो anup_20170924_-40

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031