शुक्रबार, अशोज ८, २०७८

उप्रेतीलाइ ग्लोवल प्रतिभा सम्मान

काठमाडौं भाद्र २५,  नेपालीहरुको महान चाड बडा दशैँलाइ लक्षित गर्दै काठमाडौको पेप्सीकोलास्थित सिटौला कम्प्लेक्समा विधिवत सञ्चालनमा ल्याइएको ग्लोबल मार्टको शनिबार एक विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको सुभारम्भ गर्नु भएको छ ।    कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले विदेशमा लामो समय बसेर स्वदेश फर्किएका युवाले सञ्चालन गरेको व्यवसाय आफैंमा उदाहरणीय भएको बताउँदै विदेशमा रहेका नेपालीहरुलाई 21585683_1850028355013788_1984582367_oत्यहाँको सिप तथा प्रविधी स्वदेशमा यसैगरी उपयोग गर्न उनले आग्रह गर्नु भएको छ ।

ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक उपलब्ध रहेको जानकारी दिदै सञ्चालक हरि प्रसाद सिटौलाले आगामी एक महिना सम्म खाद्यान्नमा ५ तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था मिलाइने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले मुनाफा कम्पनीको उद्देश्य रहेपनि सामाजिक उत्तरदायीत्वलाई आफूले कहिल्यै नबिर्सने जनाउ सहित प्रत्येक वर्षको मुनाफाको २ प्रतिशत सामाजिक कामका लागि खर्च गर्ने त्यस अवसरमा घोषणा समेत गरेका छन ।

यसैक्रममा समाज परिवर्तनका लागि युवाहरुबीचको सहकार्य आवश्यक रहेको बताउँदै नगद पाँच हजार पाँच सय पचपन्न रुपैंयाँ राशीको ग्लोबल प्रतिभा सम्मानबाट अटिजम भएका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान गर्दै आएकी सविता उप्रेति पत्रकार, लेखक रोहित भण्डारी र समाजसेवी सुजन थपलियालाइ सम्मानीत गरेको  हो ।

कार्यक्रममा  कलाकार मनोज गजुरेल, कोमल वली, नायक निखिल उप्रेति लगायतको प्रस्तुति सहितको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौंं क्षेत्र नं २ का सांसद दीपक प्रसाद कुइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सिटौला समाज नेपालका अध्यक्ष जनार्दन सिटौला लगायतको उपस्थिती रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031