शुक्रबार, बैशाख १४, २०८१

७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ अर्याल र काफ्लेलाई

काठमाडौं श्रावण ३१ , पत्रकारिताका माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पु-याएबापत नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्तरुपमा वितरण गरिने press release 31 saun‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ बाट ‘कान्तिपुर’ दैनिकका संवादाता माधव अर्याल र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका बाँके संवाददाता सुरेन्द्र काफ्ले लाई संयुक्तरुपमा प्रदान गर्ने भएको छ ।  महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा रु ७५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय गरेको महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यसैगरी बैठकले सात र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ समेत सार्वजनिक गरेको छ ।

जस अनुसार अनुसार प्रदेश नं १ बाट सरिता राई र भीम चापागाई, प्रदेश नं २ बाट उपेन्द्र ठाकुर र महेशकुमार दास, प्रदेश नं ३ बाट गिरिजा अधिकारी र विमल खतिवडा तथा प्रदेश नं ४ बाट लालप्रसाद शर्मा र अमरराज नहर्की प्रदेश नं ५ बाट चुरामणि पोखरेल र प्रदेश नं ६ बाट संयुक्तरूपमा प्रकाश अधिकारी र ललितबहादुर बुढा, प्रदेश नं ७ बाट डिलबहादुर सिंह र तेजराज भट्ट तथा काठमाडौँ उपत्यकाबाट गोपाल संग्रौला, शरदकुमार शर्मा र विनोद घिमिरेलाई प्रदान गरिने भएको छ ।

यसैगरी बैठकले उपत्यका सहित आठ प्रदेशबाट प्रत्येक प्रदेशबाट दुई जनाका दरले पत्रकारलाई प्रदान गरिने रु २० हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७३’ पनि प्रदान गर्ने निर्णय गरेको छ ।   त्यस्तै उपत्यका सहित आठ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गरिएको छ । रु २५ हजार राशिको उक्त पुरस्कार प्रदेश नं १ बाट रेडियो इलाम इलाम , प्रदेश नं २ बाट रेडियो सलहेस एफएम सिरहा , प्रदेश नं ३ रेडियो नमोबुद्ध एफएम काभ्रे , प्रदेश नं ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन बाग्लुङ र रेडियो चौतारी लमजुङ लाई प्रदान गर्ने निर्णय भएको छ ।

प्रदेश नं ५ बाट रेडियो प्रतिबोध बाँके , प्रदेश नं ६ बाट रेडियो ध्रुवतारा दैलेख, प्रदेश नं ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा बाजुरा र रेडियो महाकाली कञ्चनपुर र काठमाडौँ उपत्यकाबाट रेडियो थाहा सञ्चार काठमाडौ लाई प्रदान गरेको छ भने  राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक सुनसरी र टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन काठमाडौ लाई र अनलाइनतर्फको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ ‘एडुखवर डटकम’लाई प्रदान गरिएको छ ।