बिहिबार, चैत्र १५, २०८०

५३ हजार घुस लिँदालिदैको अवस्थामा वडासचिव रङगेहात समातिए

काठमाडौ श्रावण १९ , अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव वडासचिव सञ्जयकुमार देवलाई Captureसेवाग्राहीसँग घुस लिँदालिदै रंगेहात पक्राउ गरेका छन् । बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा गाउँपालिकामा उपभोक्ता समितिमार्फत गरिएको २ लाख ६८ हजारको सडक ग्राभेलको काम सकिएपछि भुक्तानीका दिने क्रममा वडासचिव देवले ५३ हजार रुपैयाँ घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ परेका देवलाई घुस रकमसहित अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगिएको उल्लेख गरिएको छ ।