शनिबार, बैशाख ८, २०८१

३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा पुनः मतदान शुरु

काठमाडौं श्रावण २०,  गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएका कारण चलेको अनेकन बसहको अलावा सर्वोच्च अदालतबाट निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको  लागि गरेको   अन्तिम फैसला Captureपछि भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको हो ।

वडा नं १९ मा ३ हजार ८९७ मतदाता रहेको उक्त वडामा मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी सहित वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।  गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइनुको अलावा प्रहरी मोबाइल टोली पनि परिचालन गरिएको छ भने आवशयका अनुरुप परिचालन गर्नका लागि थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ ।

स्मरण रहोस भरतपुर महानगरपालिका एमालेको तर्फबाट प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गर्नुभएको थियो भने काँग्रेस माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गर्नुभएको थियो ।  आज हुने भरतपुर १९ को मतदान पछि प्राप्त हुँने मत परिणाम र वडा नम्वर २० को ३ हजार ३०२ मतको गणना पछि प्राप्त हुँने मतपरिणाम पछि भरतपुर महानगरपालिमा को प्रमुख हुँने हो त्यसको टुङगो लाग्ने भएको छ ।