बिहिबार, चैत्र १५, २०८०

२३ दिन पछि प्रा डा केसीद्वारा अनशन स्थगन

काठमाडौ श्रावण ३१,   समग्र चिकित्सा क्षेत्रको सुधारको म���ग सहित विगत २३ दिनदेखि अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीले आज अनशन स्थगित govinda-kcगर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा परिसरमा साँझ ८ बजे पत्रकार सम्मेलन गर्दै उहाँले तराईमा गएको बाढी र पहिरोले जनधनको क्षति भइरहेका समयमा अनशन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताउनुभएको छ ।

यद्यपी मेरो सत्याग्रह जारी छ, अहिले तराईमा आई परेको प्राकृतिक प्रकोपमा सबै सहयोगमा जुट्नुपर्ने भएकाले अनशनमा बस्न उचित नभएकाले आफुले आफ्नो अनसन स्थगन गरेको बताए । साथै देशलाई माफियाको चंगुलबाट बचाउन जनमुखी र विद्यार्थीमुखी ऐन को विकल्प नभएको समेत बताउँनु भएको छ ।MKK_6761-613x600