बिहिबार, चैत्र १५, २०८०

१०० वर्षे नेपालभाषाका कथाहरुको संग्रह प्रकाशित

सम्पादक श्रेष्ठ र प्रकाशक डा श्रेष्ठ सम्मानित

काठमाडौं भाद्र १३,   ने. सं १०३१ देखि ११३७ सम्मका लेखकहरुको कथा संग्रहलाई एउटै किताबको रुपमा प्रकाशित गरी सच्छिदँया नेपालभाषा बाखं ल्यया भाग IMG_0752_sjh_100 yrs nepal bhasa katha ra samman२ प्रकाशित भएको छ । सय वर्षको वीचमा विभिन्न पुस्तक र पत्रपत्रिकामा प्रकाशित कथाको संग्रह सहित पाँच वर्षको अन्तरालमा प्रस्तुत कथा संगहको प्रकाशन गरिएको हो ।

उक्त कथा संग्रह प्रकाशित भएको अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशी ज्यूको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा सच्छिदँया नेपालभाषा बाखं ल्यया भाग २ का लेखद्दय गजलकार सम्पादक भुषण प्रसाद श्रेष्ठ र नार्गाजुन पब्लिकेशनका डाइेक्टर डा।सर्वोतम श्रेष्ठलाई सम्मान र कदर पत्र सहित सम्मान गरिएको छ ।   कार्यक्रममा नेपाल एकेडेमीका चान्सलर गंगा उप्रेती, चित्तरञ्जन नेपाली लगायतका व्यक्तित्वको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको संयोजन सम्पादक, लेखक तथा भाषा प्रति समर्पित नरेश वीर शाक्यले गर्नु भएको थियो । – शरण डंगोलबाट