बिहिबार, बैशाख १३, २०८१

सहयोगको हात अघि बढाउन भोलन्टियर्सको आव्हान

काठमाडौं श्रावण ३१ , भारी वर्षाद्को कारण देशका विभिन्न स्थानहरूमा भएको जनधनको क्षतिप्रति हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले चिन्ता व्यक्त गर्दै यो आपतको घडिमा सबैले आआफ्नो स्थानबाट सहयोगी हात अगाडि बढाउन आव्हान गरेको छ । हिन्दु ॐकार भोलन्टियर्सको तर्फबाट अध्यक्ष पदमराज पाण्डेले Logo lf Hindu omkar volunteersअमेरिकाको भ्रमणमा रहँदै गर्दा उहीँबाट एक प्रेस विज्ञप्ति जारी गरी यस्तो आव्हान गर्नु भएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा अधिक्तम डुबान तथा खरबौं संपत्तिको नोक्सानीको कारण नेपाल हुँदै भारततर्फ बग्ने नदीमा भारतले बाँधेको बाँधको ढोका नखोलिदिँदा भएको र जति राजनीतिक तथा व्यवस्था परिवर्तन भएपनि नेपालप्रति बाहिरबाट हुने हेपाहा गतिविधिको बारेमा राज्य, राजनीतिक क्षेत्र मौन रहनुले नेपाल र नेपालीले यो दुर्दशा भोग्न परिरहेको उल्लेख गर्दै यस प्रकारको समस्या भविष्यमा कुनै पनि हालतमा आउन नदिन के गर्नुपर्छ ? त्यतातर्फ सोँच्न, आवश्यक तयारी गर्न र यस्तो समस्याको जड्लाई सधैंको लागि निवारण गर्न सरकारसँग हिन्दु ॐकार भोलन्टियर्स जोडदार रूपमा माग गर्दै साथै बाढीपहिरोमा परेर मृत्युवरण गरेकाप्रति भावपूर्ण श्रद्धाञ्जली, मृतकका आफन्तजनमा समवेदना प्रकट गरिएको छ ।