शनिबार, बैशाख ८, २०८१

प्र.म.देउवाको आह्वानमा उच्चस्तरीय बैठक,प्रा डा केसीलाई अनशन तोड्न आग्रह

काठमाडौं श्रावण २०, प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले समग् चिकित्सा क्षेत्रको सुधारको माग राख्दै गत ९ गतेदेखि आमरण pm-office-11012017102857-600x0आमरन अनसन बस्दै आउँनु भएका प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुसहितको आजको उच्चस्तरीय बैठकमा प्रा डा केसीकाृ अनशनको सन्दर्भ र उहाँको स्वास्थ्य अवस्थाबारे छलफल सहित बैठकले संसदमा छलफलका क्रममा रहेको  चिकित्सा शिक्षा  विधेयकलाई छिट्टै किनारा लगाई माथेमा आयोगको भावना अनुरुप  पास गरिने भएकाले प्रा डा केसीलाई अनशन तोड्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षा तथा स्वास्थ्यमन्त्री, सांसद र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि, नेपाल चिकित्सक संघका प्रतिनिधि, डा केसीका वार्ता प्रतिनिधि लगायतको उउपस्थिती रहेको थियो ।