बिहिबार, बैशाख १३, २०८१

सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक समेत आन्दोलनमा

काठमाडौं श्रावण २५, आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक समेत आन्दोलनमा उत्रने भएका छन । समग्र चिकित्सा क्षेत्रमा govinda-kc-ansan-maharajgunjविद्यमान यावत विकृतिको समुल अन्त्यको माग गर्दै विगत १७ दिन देखि आमरन अनसनमा बस्दै आउँनु भएका डा। गोविन्द केसीको समर्थनमा आज  चिकित्सकहरुले सरकारी स्वास्थ्य संस्थानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी सहत आन्दोलनमा उत्रने भएको हो ।

डा केसीको जीवनरक्षाको अपिलसहित आन्दोलनमा होमिन लागेका मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्र र केन्द्रीय तहका अस्पतालमा कार्यरत करिव एक हजार ६ सयभन्दा बढी सरकारी चिकित्सकहरुले डा। केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएपछि यस्तो निर्णय गरेको हो  । त्यस्तै डा केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको टाउको, जिउ दुख्ने, मांशपेशी बटारिने समस्या बढ्दै गएको ले बताएका छन् ।