बिहिबार, चैत्र १५, २०८०

सभासद् घिसिङले संसद सदस्य तथा पार्टीको सवै तह र तप्काबाट गरे राजीनामा

21244871_10213080346270999_651893396_nकाठमाडौ भाद्र १५ , व्यवस्थापिका संसदमा समानुपातिकतर्फबाट माओवादी केन्द्रका तर्फबाट समानुपातिक सभासद् रहेका योगेन्द्र तामाङ घिसिङले संसद सदस्य तथा माओवादी केन्द्रको सवै तह र तप्काबाट राजीनामा दिएका छन्। घिसिङले बिहीबार ससभामुख ओनसरी घर्ती र प्रमुख सचेतक रेखा शर्मामार्फत राजीनामापत्र बुझाएको हो ।

घिसिङले आफ्नो राजीनामापत्रमा नेपाली राजनीति यथास्थितिपनका र राजनीतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त हुन पुगेको र अहिले ‘केन्द्रदेखि वडासम्म आफ्‍नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको उल्लेख गरिएको छ।
स्कराण् रहोस स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टी हित विपरित काम गरेको आरोप लगाउँदै घिसिङलाई माओवादीको ललितपुर जिल्लासमितिले पार्टीबाट निस्काशन गरेको थियो।