बुधबार, बैशाख १२, २०८१

संविधान संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत,दुई तीहाई नपुग्दा असफल

काठमाडौ भाद्र ५ , सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएको छ । प्रस्तुत प्रस्ताव असफल sambidhanभएसंगै नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन राष्ट्रघाती प्रस्ताव भएकोले संसदले त्यसलाई असफल बनाएको भन्दै यो नेपाली जनताको ऐतिहासिक जीत भएको तर्कगर्दै विद्येयक संसदबाट असफल भएका कारण प्रधानमन्त्रीले पदमा रहीरहने नैतिकता गुमाएको बताए ।  त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले संसदमा संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनु सकारात्मक भएको जिकिर गर्दै संसोधन प्रस्ताव पारित नहुनुमा एमाले दोषी रहेको बताए ।