बुधबार, बैशाख १२, २०८१

श्रावण २८मा ललितपुरमा नरसिंह जात्रा हुने

काठमाडौ श्रावण १७,  समस्त प्राणी मात्रको सुस्वास्थ्य र विश्व शान्तिको कामना गर्दै ललितपुरको राजोपाध्याय समुदाय ब्राम्हण वर्गको ललितपुर उपाकर्म गुथिबाट DSC_0225_narsingha jatraवर्षेनि सञ्चालन हुँदै आएको नरसिंह जात्रा यसपालि श्रावण २८ गते शनिबारको दिन आयोजना हुने भएको छ ।
नरसिंह जात्रा समारोह समितिले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हरेक वर्ष भाद्र कृष्ण पंचमिको दिन मनाइने जात्रा यसपालि श्रावण २८ गते बाजागाजा, भजन, विभिन्न झाँकिसहित उत्सवकै रुपमा मनाउन लागिएको जानकारी पत्रकार सम्मलेनमा दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्कृतिविद् शताब्दि पुरुष डा. सत्यमोहन जोशीले स्थानिय स्तरमै सिमित यस जात्रालाई राष्ट्रिय एवमं अन्तर्राष्ट्रिय जगतमै प्रचार प्रसार गर्नुपर्ने बताउँदै देशमा लोकतन्त्र गणतन्त्र स्थापित भइसकेको अवस्थामा यस जात्रालाई पनि समयानुकुल संचालन गर्नुपर्नेमा संस्कृतिविद् जोशीले जोड दिनुभयो

त्यस्तै जात्रा कार्यक्रम संयोजक माधवश्याम शर्माले जात्राका लागि ललितपुर महानगरपालिकाबाट प्राप्त हुने सिमित सहयोग बाहेक अन्य कुनै आर्थिक श्रोत नभएको हुँदा जात्राको बढि आर्थिक भार पालोवाला नै बोक्नुपर्ने अवस्था रहेको गुनासो गर्दै आर्थिक समस्याको समाधानको लागि गुठि सहयोग लागि समेत अपिल गर्नु भएको छ ।
DSC_0223_narasingha jatraललितपुरका राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो हस्तान्तरण हुँदै संचालन भइरहेको यो जात्रा यो वर्ष भने ललितपुर तुइलाक्व टोलका घनश्याम शर्माको घरबाट संचालन हुने प्रस्तुत जात्राअन्र्तगत कार्तिक नाचमा यग्ररुप प्रदर्शन गर्ने नरसिंहको सौम्य रुप देख्न पाइन्छ । जात्रा मंगलबजारबाट शुरु भै सौगल, सुन्धारा, ओकुबहाल, चक्रबहिल, टंगल, हौगल, तिुगल्ली, इखालखु, जेनबहाल, वला, पूर्णचण्डी, गाबहाल, पिम्बहाल, स्वनिम्ह, नकबहिल, धलाचा, क्वाल्खु, झटापोल, कुम्भेश्वर, कोबहाल, स्वथ हुनै पुनः मंगलबजारमा पुगी समापन गरिन्छ ।  शरण डंगोलबाट