बिहिबार, चैत्र १५, २०८०

शिक्षा पत्रकारिता पुरस्कार प्रदान

कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई

काठमाडौं भाद्र २ , नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिकोे सिफारिसका आधारमा रु। ७५ हजार राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका माधव अर्याल पाल्पा र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले बाँकेलाई संयुक्तरुपमा प्रदान गरिएको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपामान श्रेष्ठले पुरस्कृत पत्रकार तथा सञ्चारसंस्थाका प्रतिनिधिलाई पुरस्कारको राशी र प्रमाणपत्र प्रदान गर्नु भएको हो ।   यसैगरीे ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पनि प्रदान गरिएको छ । जस अन्तर्गत प्रदेश नम्बर १ बाट सरिता राई रासस–भोजपुर, र भीम चापागाई नागरिक दैनिक–इलाम , प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर कान्तिपुर टिभी–पर्सा र महेशकुमार  दास नागरिक दैनिक–महोत्तरी , प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी तुखवर डटकम–मकवानपुर र विमल खतिवडा कान्तिपुर दैनिक–चितवन र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा कान्तिपुर दैनिक–पर्वत र अमरराज नहर्की गोरखापत्र–तनहुँलाई संयुक्तरूपमा प्रदान गरिएको छ ।

यस्तै प्रदेश नम्बर ५ बाट चुरामणि पोखरेल अन्नपूर्ण पोष्ट–रुपन्देही र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी कान्तिपुर दैनिक–सुर्खेत र ललितबहादुर बुढा अन्नपूर्ण पोष्ट दैनिक–सुर्खेत, प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह गोरखापत्र–डोटी र तेजराज भट्ट नयाँपत्रिका–कैलाली र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला कारोबार दैनिक–भक्तपुर , शरदकुमार शर्मा रासस–काठमाडौं र विनोद घिमिरे द काठमाडौं पोष्ट–काठमाडौं लाई प्रदान गरिएको छ ।

त्यसैगरि ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु। २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई कान्तिपुर दैनिक–भोजपुर , अवतार राई चोमोलुङमा रेडियो–भोजपुर र दमन राई नागरिक दैनिक–खोटाङलाई संयुक्तरूपमा प्रदान गरिएको छ । प्रदेश नम्बर २ बाट भोला पासवान   कन्चनरुपमा सा–सप्तरी र राकेशप्रसाद चौधरी भूमि सा –महोत्तरी , प्रदेश नम्बर ३– तिलक अधिकारी –जनता जिन्दावाद।–मकवानपुर र शर्मिला बुढाथोकी रेडियो सैलुङ–दोलखा , प्रदेश नम्बर ४– पवन पौडेल दमौली एफएम–तनुहँ , प्रतिक्षा काफ्ले –कान्तिपुर दैनिक–स्याङ्जा , प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल रासस–पाल्पा , खगप्रसाद चापागाई बुटवल टुडे–कपिलवस्तु , प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा नेपाल समाचारपत्र दैनिक–जाजरकोट , मेघराज खड्का रेडियो नेपाल–रुकुम र प्रवीर ददेल रुकुमलाई प्रदान गरिएको छ ।

प्रदेश नम्बर ७ बाट नरी बडू बैतडी र दुर्गा देवकोटा सामुदायिक रेडियो–कैलाली र काठमाडौंबाट प्रज्ञा तिम्सिना इमेज न्यानल टिभी–काठमाडौं र सञ्जिप घिमिरे ९ननस्टप खवर डटकम–काठमाडौंलाई प्रदान गरिएको छ ।  त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम इलाम , प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम सिरहा , प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम काभ्रे, प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन बाग्लुङ र रेडियो चौतारी लमजुङलाई प्रदान गरिएको छ । प्रदेश ५ बाट रेडियो प्रतिबोध बाँके ,प्रदेश ६ बाट रेडियो ध्रुवतारा दैलेख , प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा बाजुरा र रेडियो महाकाली  कन्चनपुर र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार काठमाडौंलाई प्रदान गरिएको छ ।

रु २५ हजार राशीको यो पुरस्कार महासंघको प्रादेशिक संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसको आधारमा प्रदान गरिएको हो । यसैगरी राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक सुनसरीलाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन काठमाडौंलाई प्रदान गरिएको छ । साथै यसै वर्षदेखि सुरु गरिएको अनलाईनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखबर डटकमलाई प्रदान गरिएको छ ।

यसैवीच महासंघले यो वर्षको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई र यसै वर्षदेखि प्रदान गरिने गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिने भएको छ । यस्तै महासंघले यसै वर्षदेखि प्रदान गर्ने अर्को पुरस्कार कृष्ण सेन “इच्छुक” स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोमल बराललाई गौरी कठायत स्मृती पत्रकारिता पुरस्कार पुष्कर थापालाई मरणोपरान्त र उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सिमा सिंह शर्मालाई प्रदान गरिने भएको छ । प्रस्तुत पुरस्कारहरु महासंघको २५औं महाधिवेशन उद्घाटन समारोहमा आगामी भाद्र ४ गते आइतबार हस्तान्तरण गरिने महासंघले जनाएको छ ।