शुक्रबार, बैशाख १४, २०८१

व्यवस्थापिका संसद बैठक : आयोग गठनसम्बन्धी तीन वटा विधेयक पारित

काठमाडौं श्रावण १९, बुधबारको व्यवस्थापिका संसदको बुधवारको बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री Captureविजयकुमार गच्छदारले प्रस्तुत गर्नु भएको आयोग गठन विधेयक पारित भएको छ ।

प्रस्तुत आयोग गठन विधेयक पारित भएसंगै आयोग गठनको बाटो खुल्नुको अलावा संविधानत व्यवस्था भएको थप ६ वटा नयाँ आयोगमध्ये जनजाति आयोग र समावेशी आयोग राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोग गठन हुने भएको छ । पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछन् ।  त्यस्तै अव बन्ने आयोगमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट आयोगमा अध्यक्ष र अन्य चार सदस्य पदाधिकारी ६ वर्षको लागि नियुक्ति हुने व्यवस्था संविधानले गरेको छ ।