बिहिबार, बैशाख १३, २०८१

विदेशी शक्तिको ‘डिजाइन’मा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको प्रचण्डको दावी

पुनः आतंककारी र हत्याराका रुपमा स्थापित गराइने खतरा: दाहाल

काठमाडौ श्रावण २३ , माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी शक्तिको ‘डिजाइन’मा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।  पोखरामा आइतबार भएको पार्टीको प्रदेश नम्बर ४ स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले स्थानीय चुनावमा timthumbडिजाइनकै कारण माओवादी हारेको बताए ।

‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई के लागेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले ल्याएको हो । यो रहँदासम्म विश्वभरी माओवादी आन्दोलन एउटा भव्यविद्रोह थियो, जसले ऐतिहासिक परिवर्तन ल्यायो भन्ने मान्यता स्थापित भइरहने छ । त्यसकारण ४७ सालको संविधान ल्याउने उनीहरुको इच्छा छ ।’ संविधान उल्टियो भने माओवादी आन्दोलन राजनीतिक आन्दोलन नमानिने र पुनः आतंककारी र हत्याराका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रवमा स्थापित गराइने खतरा बढेको उनको दाबी रहेको खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।