बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानी

काठमाडौ श्रावण २६,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग   बिम्स्टेकको मन्त्रीस्तरीय बैठकका लागि   नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेद्दारा MG_217911-1024x683जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त भेटका अवसरमा भारतका लागि नेपालका महामहिम राजदूत तथा नेपालका लागि भारतका महामहिम राजदूत एवम् दुवै सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको उल्लेख गरिएको छ ।

यसअघि विदेशमन्त्री स्वराजले प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् । बालुवाटारमा भएको उक्त भेटवार्ता आपसी सम्बन्ध तथा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानीसमेत भएको थियो ।फोटो :राष्ट्रपतिको कार्यालय