शुक्रबार, बैशाख १४, २०८१

राजपा पदाधिकारी बैठक आज पनि बस्दै, चुनावमा जानुपर्नेमा नेताहरुको सुझाव

काठमाडौ भाद्र ७,  संसदबाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले आगामी आश्विन २ गते प्रदेश न २ अन्र्तगतका जिल्लामा हुने स्थानीय तहको Captureचरणको चुनावमा भाग लिने संकेत गरेको छ । यस सम्बन्धमा आज बस्ने राजपा पदाधिकारी बैठकबाट स्पस्ट निर्णय गर्ने नेताहरूले बताएका छन ।

मंगलवारको बैठकमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रस्तुत संविधान संशोधन अस्वीकृत भएको अवस्थामा पार्टीका आगामी रणनीति त्यस्तै चुनावमा जाने कि नजाने, चुनावमा गए कुन चुनाव चिह्न प्रयोग गर्ने, उम्मेदवार चयन गर्ने कार्यविधि कस्तो बनाउने र चुनावी तयारीका लागि आर्थिक, प्रचारप्रसारलगायतका प्रस्ताव उपर वोल्ने नेताले छाता चुनाव चिह्न नपाए पनि तत्कालीन ६ पार्टीमध्ये कुनै एक पार्टीको चुनाव चिह्न प्रयोग गरेर चुनावमा जानुपर्ने सुझाव राखेका थिए । मंगलबारको बैठकमा सबै पदाधिकारीले बोल्न नभ्याएपछि आज अर्को बैठक आज बस्न लागेको हो ।  मंगलवारको बैठकमा बोल्ने अधिकांस नेताले संशोधन विधेयक फेल बनाउँन को कसले भूमिका खेलेको हो त्यस विषयमा केन्द्रीत हुँदै चुनावमा भाग दिनु पर्ने जिकिर गरेका छन भने कतिपयले संशोधन विधेयक पारित गराउन वर्तमान सरकार इमान्दार नदेखिएकाले पार्टीले सरकारलाई समर्थन गरिरहनुको कुनै औचित्य नभएको बताउँदै चुनावमा भाग लिनु पर्नेमा आफ्नो अभिमत प्रस्तुत गरेका छन ।