बिहिबार, बैशाख ६, २०८१

रंग पत्रकार गीताले चलचित्र नालापानीमा आफ्नो अभिनय कौशल प्रस्तुत गर्ने

काठमाडौ भाद्र १०,  चर्चित रंग पत्रकार गीता अधिकारी नेपाली एतिहासिक चलचित्र नालापानी मार्फत अभिनयमा पुनरागमन हुने भएकी छिन । केहि चलचित्र, आधा दर्जन म्युजिक भिडियो तथा केहि ब्यबसायिक बिज्ञापनमा आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी रंग पत्रकार गीताले यसपटक ऐतिहासिक कथामा 20992776_1408139685901478_4140412734580048734_nआधारित चलचित्र नालापानी आफ्नो अभिनयकला प्रस्तुत गर्ने भएकी छिन ।

। देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर निर्माण हुन लागेको प्रस्तुत चलचित्रको नालापनीका निर्माता निर्देशक रिमेश अधिकारीले राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि पदमाकुमारी फिल्मस् प्रा.लिको व्यानरमा  चलचित्र निर्माणको घोषणा गरेको हो ।

मनोज शाक्यलको निर्माण गर्ने बताईएको यस चलचित्रमा अर्जुन जङ्गशाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापा र सञ्चारकर्मी गीता अधिकारीलगायतका कलाकारको अभिनय रहने बताइएको छ ।