मङ्लबार, बैशाख ४, २०८१

यु एन पार्कमा बढ्दो अतिक्रमण हटाउन मन्त्री शाहको कडा निर्देशन

काठमाडौं श्रावण २३ ,  सहरी विकास मन्त्री प्रभु साहले संयुक्त राष्ट्रसंघ (यु एन)पार्कको जग्गामा बदढो अतिक्रमण नियन्त्रण गर्न दिएको निर्देशन कार्यान्वयनमा भएको ढिलाइको सवालमा स्पष्ट जवाफ माग गर्दै सोमबार मन्त्री साहले समितिका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर पार्कको सौन्दर्य बढाउने गरी योजनाबद्ध रुपमा तत्काल कार्य गर्न हको निर्देशन दिनुभएको छ ।

IMG_1988निर्देशन दिने क्रमममा मन्त्री शाहले अरुको जग्गा पनि होइन, त्यो जग्गा समितिकै हो ।’ उहाँले भन्नुभयो, ‘आफ्नै जग्गा खाली गराउन पनि तपाँईहरुलाई के को अप्ठेरो ? आफ्नो ग्नु भएको थियो ।  तर समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरी आफूले कसरी खाली गराउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको र खाली गराउन पत्र काटेको जनाउ दिदै गर्दा मन्त्री शाहले भने छलफल कतिन्जेल चल्ने हो स्पष्ट हुनुप¥यो तपाँइहरुलाई निजी घर भत्काउन भनेको होइन आफ्नो जग्गामा आफ्नो स्वामित्व स्थापित गर्नुहोस् भनेको हो’, भन्दै कडाइका साथ प्रस्तुत हुनु भएको बताईएको छ ।

त्यस्तै उहाँले अहिले स्मार्ट सिटी ग्रिन सिटी जस्ता कुराहरुले प्रमुखता पाइरहेको सन्दर्भमा यी र यस्ताखाले पार्कको विशेष महत्व रहन्छ । त्यसैले काठमाडौंको सहरी सौन्दर्यका लागि संयुक्त राष्ट्रसंघ पार्क पनि महत्वपूर्ण छ । खासगरी सहरी सौन्दर्य र प्रधुषण कम गर्नका लागि यस्ताखाले पार्कको महत्व हुने भएकोले तत्काल जग्गा खाली गराउँन कडा निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।