बिहिबार, बैशाख १३, २०८१

यस्तो छ महासंघ निर्वाचनको कार्यक्रम

काठमाडौं भाद्र ३ ,  नेपाल पत्रकार महासंघको भाद्र ४ र ५ गते हुँने २५ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरिएको छ । महासंघको केन्द्रीय समितिको Nirdeshika-9बैठकपछि निर्वाचन समितिले कार्य तालिका प्रकाशिन गरेको हो । प्रकाशित कार्यतालिका अनुरुप शनिवार विहान १० बजे मतदाता नामावली प्रकाशन र शनिवारनै प्रकाशित नामावली उपर दावी विरोध र त्यसपछि अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।  त्यस्तै आइतवार मध्यान्ह १२ बजे दिेखि ३ बजेसम्म् उम्मेदवारको मनोनयन दर्ता र त्यस्तै सोमवार विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म नयाँ नेतृत्व चयनको लागि मतदान गर्ने व्यवस्था गरिएको सममितिले जनाएको  छ ।