बिहिबार, बैशाख १३, २०८१

मुलुकमा अब ७७ जिल्ला समन्वय समिति

काठमाडौ भाद्र ८,  मन्त्रिपरिषद्को गत भाद्र ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई जिल्ला बनाउने निर्णय गरेसंगै अव मुलुकमा ७७ जिल्ला कायम हुँने Captureभएको छ ।  मपको निर्णयलाइ आधार मान्दै निर्वाचन आयोगले प्रदेश नं ४ मा पर्ने नवलपरासीको सुस्ता पूर्व र सुस्ता पश्चिम गरी दुई र रुकुम पूर्वी भाग र रुकुमको पश्चिम भाग गरी कायम गरिएका उक्त जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय समेत गरेको छ ।  त्यस्तै आयोगले उक्त जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको प्राप्त समाचारमा जनाईएको छ ।