शुक्रबार, चैत्र १६, २०८०

मिथिला क्षेत्रमा आज चौचन पर्व मनाइँदै

chaurchanकाठमाडौ भाद्र ९,  मिथिलामा मनाइने विभिन्न पर्वहरुमध्ये एक अलग महत्व वोकेको पर्व चौचन आज मनाइदै छ । विहिवार तीज व्रत समापन गरेसँगै मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँने गरिन्छ । भाद्र शुक्ल चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्रमाको पूजा अर्चना सहित मनाइने पं.अमृतनाथ मिश्रले बताएका छन ।

पं. मिश्रका अनुसार चौचन पर्वमा मुलत भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई    फलफुल  लगायतका खाद्ययान्नका परिकार समपर्ण गर्दै बस्ने यो व्रत बसेमा चोरीको दोषबाट मुक्ति पाइने जनविश्वास रवोककेको बताए ।  मुलत साँझको समयमा चन्द्रमालाई खिर, पुरीसहितका खाद्ययान्नका परिकार, दही, केरा ,फलपूmल सहित पूजाअर्चना र अघ्र्य दिदै मनाइने यो पर्वमा चौचन पर्वमा इष्टजनलाई आँगनमा बनाइएको वेदीभित्र बसाएर प्रसाद ख्वाइने गरिन्छ