शुक्रबार, चैत्र १६, २०८०

महासंघ उपत्यका प्रदेश सदस्यमा युनियनबाट झा

18056789_1631781300185093_3045581121578724148_nकाठमाडौं श्रावण १७,  नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा नेपाल प्रेस युनियनले उपत्यका प्रदेश सदस्यमा श्रीजन झालाई उठाउने निर्णय गरेकोछ । NPU Valley_Srijan Jha-1आगामी भाद्र ४ र ५ गते हुने महाधिवेशन तथा नयाँ नेतृत्व चयनमा सम्पूर्ण पत्रकारहरु सक्रिय रहेको सन्दर्भमा पत्रकार महासंघ उपत्यका प्रदेशका लागि सदस्यमा लोकतान्त्रिक पत्रकारहरुका तर्फबाट नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले जारी गरेको विज्ञप्तीमा उपत्यका समन्वय समितिको पूर्ण बैठकबाट महासंघ काठमाडौं शाखाबाट सभासद् श्रीजन झालाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको जनाउँदै प्रस्तुत  निर्णयलाइ युनियनको केन्द्रीय समितिको बैठकले समेत अनुमोदन गरेको उल्लेख गरिएको छ ।