बिहिबार, बैशाख १३, २०८१

महासंघको महाधिवेशनका लागि युनियन र प्रेस सेन्टरवीच चुनावी तालमेल, चौतारीको उम्मेदवार कोइराला

काठमाडौं श्रावण ३१, नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल विच चुनावी तालमेल हुने भएको छ । दुई संगठन विच भएको सहमति अनुसार सेन्टरले अध्यक्ष पाउने भएको छ भने युनियनले खुला उपाध्यक्ष र महासचिव लिने भएको छ । सेन्टरको तर्फबाट अध्यक्षमा गोविन्द Govinda-acharya-bipul-pokhrel-and-Ramesh-bistaआचार्य उम्मेदवार हुने भएका छन् भने युनियनबाट उपाध्यक्षमा विपुल पोखरेल र महासचिवमा रमेश विष्ट उम्मेदवार हुने भएका छन् । सेन्टरले आचार्यलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय पहिले नै गरिसकेको छ भने युनियनको सोमबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा पोखरेल र महासचिवमा विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैवीचवीच प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने घोषणा गरेको छ । सोमबार अपराह्न काठमाडौंको बाजबजारमा आयोजित कार्यक्रम मार्फत प्रेस चौतारीले कोइरालाको उम्मेदवारी घोषणा गरिएको हो ।