बिहिबार, बैशाख १३, २०८१

भरतपुरमा माओबादी केन्द्रकी उम्मेद्ववार रेणु दाहालको अग्रता कायमनै

राती अवेर सम्ममा भरतपुर महानगरपालिकाको मेयरको निर्वाचित परिणाम आइसक्ने

काठमाडौं श्रावण २१,  भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । मतगणना सकिँदा नेकपा माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर २२१ मात्र कायम भएको छ । शनिवार भक्एो निर्वाचनमा वडा नं– १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

Captureत्यसैगरी उप प्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् भने भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसले बिजयी हात पारको छन ।

यसैवीच अब गणना हुँन बाँकी वडा नं. २० को मतगणना भएलगत्तै भरतपुर महानगरपालिकाको वडा न २० को पछिल्लो मता परिणम अनुसार चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओबादी केन्द्रकी उम्मेद्ववार रेणु दाहालले अग्रता लिएकी छिन् ।  एमालेका उम्मेदवार देवी ज्ञवालीलाई १ सय ५० मतान्तरमा काँग्रेस माओवादी केन्द्रको गठबन्धका उम्मेदार रहेकी रेणुले मतगणनाको शुरुवात देखि नै लगातार मतान्तर घटाउँदै आएकी दाहालले अहिले मतान्तरलाई आफ्नो पक्षमा पार्दै अग्रताको शुरुवात गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  भरतपुर वडा नम्वर २० मा खसेको ३ हजार ३ सय २ मत मध्ये २१ सय मत गन्दा १ सय ५० ले अग्रता लिएकी रेणुले अब १२ सय मत मात्र गन्दा कति मतले  अग्रता दिने हो त्यो सर्वत्र चासोका विषय बनेको छ । आज राती अवेर सम्ममा   भरतपुर महानगरपालिकाको मेयरको निर्वाचित परिणाम आइसक्ने निर्वाचन समितले जनाएको  छ ।