बुधबार, बैशाख १२, २०८१

बालबालिकाको आवाजका आधारमा वडा योजना

-सरोज ढुंगाना/ठूलोसिरुवारी

तत्कालीन ठूलोसिरुवारी गाविस हुँदा नै बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको बताउँदै अध्यष गौतमले नगरसभामा पेश गरिने कार्यक्रममा बाल मैत्री स्थानीय शासन प्रथामिकतामा परेको पनि सुनाए । स्थानीय तहको पुनर्सरचना पछि ठूलो सिरुवारी गाविस चौतार साँगाचौक नगरपालिकामा गाभिएको छ । नगरपालिका आगामी बर्ष भित्र बालमैत्री घोषणा गर्ने कार्ययोजना सहित अगाडि बढेको छ ।  वडा कार्यलयले जानकारी दिए नुसार नगर सभा अगाडि बालभेलाको आयोजना गरिएको थियो र बालभेला मार्फत आएका योजना नगर सभाले स्वीकृत गरी कार्यन्वयनमा लगिएको थियो । बालभेलामा  बालबालिकाहरुले भूकम्प पछिको अवस्थामा बाल अधिकारका सवाल र नगरलाई बालमैत्री बनाउने माँग गरेका थिए । स्थानीय सेतीदेबी मावि ठूलो सिरुवारीका प्रधानाध्यापक हरी बिक्रम नेपालका अनुसार बालबालिकाको पहिलो माँग बिद्यालयको पुननिर्माण थियो । यस माँग अनुसार आफनो बिद्यालयको पूननिर्माण लगभग सकिएको बताए ।

बालबालिकाले सुरक्षित कक्षा कोठा भनेका छन्, यो माँग पनि एक दुईमहिनामा नै पुरा हुन्छ, ।’ प्रधानाध्यापक नेपालको भनाई थियो — बिद्यालयमा बालमैत्री शिक्षणा सिकाई गर्ने गरिएको छ । बिद्यालयमा छडि निषेध गरेको त धेरै बर्ष भयो । छात्र छात्राका लागि बेग्लै सौचालयको व्यबस्था छ । किशोरीका लागि सेनेटरी प्याड बिद्यालयमा उपलव्ध गराउने व्यबस्था छ । बिद्यालय व्यबस्थापन समितिको बैठक देखि अन्य क्रियाबलापमा बाल क्लवको सहभागितालाई जोड दिएका छौ ।
ठूलो सिरुवारी कै अर्को बिद्यालय गणेश माविका प्रधानाध्यापक तारादेबी रानाको बिचारमा बालबालिकालाई निर्णय प्रक्रियामा मात्र नभएर कार्यान्वयन चरणमा पनि सहभागिता गराएरु उनीहरुको क्षमता विकास गरिन्छ । यसको अर्थ शारीरिक श्रम वा आर्थिक सहयोग वा अरू प्रकारले संलग्न गराउनु भन्ने होइन । बिद्यालयको योजना वा कार्यक्रम कार्यान्वयनका क्रममा हुने काम कारबाहीको रेखदेख र नियन्त्रणको जिम्मा उनीहरुलाई दिइने गरिएको छ ।

आप्mनो निर्णयमा भएको काममा अपनत्व महसुस गर्न यसबाट बिद्यालय सफल भएको दावी गर्दै यसो भएमा योजना दिगो हुनसक्ने रानाको निश्कर्ष थियो ।
बालबालिकाहरु स्थानीय तहका प्रमूख सरोकारवाल हुन् । निर्णय गर्ने अधिकार त्यस निर्णयबाट प्रभावित हुनेहरू वा तिनका प्रतिनिधिलाई मात्र हुन्छ भन्ने मान्यता लोकतन्त्रको मूल मर्म हो । पहिला पहिला बालबालिकालाई निगरानीकर्ताका रूपमा स्वीकार गरिदैन थियो । बालमैत्री शासन अवलम्बन गरे पछि निगरानीकर्ताका रुपमा बालबालिका स्थापित भएको धारणा बाल संरषण समितिका अध्यक्ष शिबबहादुर केसीको छ । उनी थप्छन् यस वडामा बालबालिका कुनै पनि योजना वा कार्यक्रमको मूल्यांकन प्रक्रियामा सहभागी हुन सक्तछन् । बालबालिकासम्बन्धी योजना वा कार्यक्रमहरूको मूल्यांकनमा सहभागी हुने त उनीहरूको अधिकार नै हो । बालबालिकासम्बन्धी कार्यक्रमका सरोकारवालामध्ये उनीहरूको मूल्यांकन अझ बढी सही, सान्दर्भिक र उपयोगी हुन सक्तछ । यो अभ्यासलाई पनि वडामा नयाँ नेतृत्व आए पछि सुरु भएको छ ।

निर्णय, कार्यान्वयन, र मूल्यांकन प्रक्रियामा बालबालिकाको संलग्नताले सामाजिक जागरणमा थप टेवा दिएको सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमूख जिल्ला अधिकारी होमराज फूँयाल तर्क गर्टन् । बाल अधिकार संरक्षण गर्न परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै सहयाक प्रमूख जिल्ला अधिकारी पूmयालले बाल अधिकार प्रवद्र्धन गर्नका लागि सबैभन्दा पहिले पारिवारिक वातावरण नै सकारात्मक हुनुपर्छ । परिवारमा हुने निर्णयमा बालबालिकालाई सहभागी गराउने र उनीहरूको धारणालाई सम्मान गर्ने परिपाटीले बालअधिकारको महसुुस बालबालिकाले गर्दछन् । बालबालिकालाई उमेरका आधारमा तिरस्कार गर्ने र उनीहरूको धारणालाई उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गरेर अभिभावकहरूले बालसहभागिताको बालअधिकार उपभोग गर्न सहयोग गर्न सक्तछन् ।  कालीदेबी माध्यामिक बिद्यालय ठूलो सिरुवारीक प्रधानाध्यापक गुणकेशरी श्रेष्ठ पनि सहयाक प्रमूख जिल्ला अधिकारीको भनाई प्रति सहमति व्यक्त गर्दे वडाले बनाएको कार्यक्रमबाट बाल अधिकार संरषणा हुने बिश्वास व्यक्त गरिन् । उनको भनाई थियो, ठूलो सिरुवारी त बालमैत्री भयो, भयो ब सिंगो नगरपालिका लाई बालमैत्री बनाउन लाग्ने छौ ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला