शनिबार, बैशाख ८, २०८१

बाढीपहिरो पिडितको नाममा अनाधिकृतरुपमा चन्दा संकलन गरे कारवाही

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौं श्रावण ३१,  गृहमन्त्रालयले अविरल बर्षापछि सुरु भएको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुको लागि भ्नदै विभिन्न संघसंस्थाले अनाधिकृत रुपमा pचन्दा तथा सहयोग संकलन गर्दै गरेको भन्ने सूचनाप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रमा  सहयोग तथा राहत वितरणको लागि नेपाल सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको नाममा विभिन्न बैकहरुमा खाता सञ्चालन गरेको र खातामा सहजै रकमा जम्मा गर्न सकिने जनाउँदै आधिकारिक रुपमा मात्र रकम प्रदान गर्न र जम्मा गर्न आव्हान गरेको छ ।

साथै बाढीपहिरो पिडितको नाममा अनाधिकृतरुपमा  स्थानीय प्रशासनको अनुमति विना संकलन आफु खुसी रकमा संकलन गर्ने चन्दा उठाउँने जस्ता कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजिम कारवाही गरिने जनाएको छ । यसैवीच मन्त्रालयले  बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२० पुगेको जनाएको छ । अझै सोमबार रातिसम्म मृत्यु हुनेको संख्या ९१ थियो । त्यस्तै, घाइते हुनेको संख्या ३९ छ भने ३५ जना अहिलेसम्म बेपत्ता रहेको जानकारी दिदै थप क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाको छ।