बिहिबार, चैत्र १५, २०८०

बाढीपहिरोबाट हालसम्म ६६ जनाको मृत्यु : गृहमन्त्रालय

पिडित जनताको लागि राहत वितरण गर्न मन्त्रालयले का लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा

काठमाडौ श्रावण २९,  विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी हालसम्म ६६ जनाको मृत्यु भएको 6487_d9bb9bbd5891260fed501796568eace7_1502644932__-1गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा ४/४, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा ३/३, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा २/२  तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा ३/३ , पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा १/१ जना बेपत्ता भएको जनाएको छ ।

विपद्का कारण हालसम्म १ हजार ५ घरमा क्षति पुगेको जनाउँदै बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी कार्यसम्पादन हुँदै गरेको जनाउँनुको अलावा पिडित जनताको लागि राहत वितरण गर्न मन्त्रालयले का लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।