बिहिबार, बैशाख १३, २०८१

बाढीका कारण मधेसका जनताको विचल्ली , तत्काल राहत कार्यलाई अगाडि बढाउन मन्त्री साहको निर्देशन

काठमाडौ श्रावण २८ , केहि दिन यताको अविरल वर्षाका कारण तराई मधेसका जिल्ला जलमग्न अस्तव्यस्त हुनुको अलावा बाढी प्रभावित क्षेत्र रौतहट, सर्लाही लगायत तराई मधेसका जिल्लाका जनजीवन अत्यन्तै कष्टकर बनेको छ । ‘जनताहरुको घर–घरमा बाढी पसेर खाद्य सामग्री र लत्ता कपडा भिजेका छन् भने प्रभावित prabhu-shahक्षेत्रमा पानीनै पानी भएको छ ।

तराइको जनताले व्यहोर्दै आएको प्राकृति विपत्तीको स्थलगत निरिक्षण गर्दै सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भीषण बर्षाका कारण सडक, पुल जताततै बाढी पसेर घरहरु समेत भत्कीइ तराई मधेसका जनता अहिले विचल्लीमा परेको जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्री साहले प्रमलाइ यस विषयमा ध्यानाकर्षण गराउँदै उद्दार र राहतको कार्यलाई तत्कालै अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन सहित प्राकृतिक विपत्तीको यस्तो विषम स्थितीमा प्रत्येक व्यक्तिको सतर्कता र सक्रियता आवश्यक रहेको जनाउ दिदै मन्त्री शाहले बाढी र डुवान पीडित जनतालाई अलपत्र हुन नदिने दृढता व्यक्त गर्नु भएको छ ।