बिहिबार, बैशाख ६, २०८१

बाढि पिडितलाइ गैह्र आबसिय नेपाली संघको राहत

काठमाडौ भाद्र ७, नेपालका लागि नेपाली भन्ने मुल मन्त्र सहित सहयोगी हातहरु अगाडी बढाउदै आएका गैह्र आबासिय नेपालीले नेपाल आमालाई दुख पर्दा, आ सदैब सहयोग गर्न तत्पर रहेर आफ्नै हातबाट सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन । २०७२ सालको महाभुकम्प देखि २०७४ सालको बाढि पिडित सम्म 21032857_10155009533823865_2920294662102307662_nआउदा धेरै उदारणीय काम गर्दै आएको गैह्र आबसिय नेपाली संघले ।

यसैक्रममा सप्तरी जिल्लाको अति बिकट तथा अहिले सम्म कहिँ कतै बाट राहत नपुगेको मैना कदेरी गाउपालिकाका  बाढि पिडित जनताका लागि  गैह्र आबसिय नेपाली संघका अधक्ष्य 20953963_10155009534048865_5815493551253239465_nडा शेष घले, बरिष्ठ समाजसेवी जमुना गुरुङ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर गुरुङ, गैह्र आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रिय संयोजक सोनाम शेर्पा लगायतका प्रतिनिधि आफै  सम्म दैनिक उपभोग्यका सम्मान चामल, दाल, तेल, नुन,तथा अन्य खाने कुराको साथमा झुल तथा पानि सफा गर्ने पियुस लगायतका दैनिक जीवनका समानहरु राहत स्वरुप  वितरण गरेका  छन ।उक्त गाउपालिकामा रहेका ६सय  घर परिवारलाई वितरण गरिएको जानकारी गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर गुरुङले दिनुभएको छ । बिगत दुइ दिन देखि बाढि पिडित राहत वितरणमा खटिएको संघका प्रतिनिधिहरुले उक्त गाउ सम्म पुग्न सडक समेत बिग्रिएको हुदा बाटो समेत आफैले बनाउदै राहत वितरण गर्दै पिडितको मुहारमा खुसि तथा आशाका किरण जगाएका  थिए ।