शुक्रबार, बैशाख ७, २०८१

बसन्त ऋतुको शुभ मुहूर्त

Anup_20170828_252 Anup_20170828_261 Anup_20170828_262 Anup_20170828_263 Anup_20170828_264 Anup_20170828_266किर्तिपुर भाद्र १३,  धुँदेय् प्रोडक्सनको पहिलो फिल्म बसन्त ऋतुको एक कार्यक्रमकावीच शुभ मुहूर्त गरिएको छ । कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आथिथ्यतामा भएको उक्त शुभमुर्हत कार्यक्रममा कलाकार किशोर चिपाल, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जन र सोनिका हेका लगायतले आफ्नो प्रस्तति दिएका थिए ।

किर्तिपुरस्थित होटल हिलसाइडमा सम्पन्न उक्त कार्यक्रममा फिल्मका निर्देशक तथा कथाकार पवन जोशीजीले फिल्म मनोरञ्जनका लागी मात्र बनाउने नभएर समाजका लागी सन्देश प्रदायक हुनुपर्नेमा आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

नेपाल भाषामा बन्ने फिल्म बसन्त ऋतुमा राजेश महर्जनको क्यामेरा, गुजे मालाकारको संगीतका साथै रामभक्त महर्जन र चन्देश्वर महर्जनको गीत रहेने बताईएको छ । धुँदेय् प्रोडक्सनका प्रोपाइटर रामकृष्ण धिनाजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नायक जय श्रेष्ठ, काष्ठमण्डप टेलिभिजनका नविन महर्जन, नेवाः राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्री कृष्ण ज्यापू र वरिष्ठ फिल्मी पत्रकार विजय रत्न असंबरेको पनि उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031