शनिबार, बैशाख ८, २०८१

प्र. म .देउवा र भारतीय समकक्षी मोदीवीच द्विपक्षीय भेटवार्ता , ८ समझदारीपत्रमा हस्ताक्षर

नेपालको विकासको लागि भारतले देखाउँदै आएको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण : प्र. म . देउवा

  • नेपालको विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर: प्र. म .मोदी

नयाँदिल्ली भाद्र ८ , भारतको ५ दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा  र भारतीय समकक्षी नरेन्द्र मोदीवीच भएको द्विपक्षीय भेटवार्तापछि ८ Captureसमझदारीपत्रमा हस्ताक्षर भएके छ । हस्ताक्षर सहमतिलगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रम देउवाले नेपालको आर्थिक समाजिक विकासका साथै नेपाल र नेपालीप्रति भारतले देखाउँदै आएको ऐक्यबद्धता, सद्भाव र सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा गरेको बताउनु भएको छ ।

त्यस्तै उहाँले नेपालको विकासको   लागि   भारतले  देखाउँदै  आएको   सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण रहेको  जनाउ सहित   नेपालमा नयाँ संविधानको कार्यान्वयनसँगै राजनीतिक स्थायित्व प्राप्त गरी आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालमा जलस्रोत, पर्यटनलगायत कैयौँ क्षेत्रमा वैदेशिक लगानीका लागि आग्रह गर्दै नेपालको विकासमा भारतको सौहार्दता र सहयोग अत्यन्त महत्वपूर्ण रहेको जिकिर सहित भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका आयोजनालाई समयमै सम्पन्न गर्नुपर्नेमा विशेष जोड दिदै भूकम्पपछिको पुनःनिर्माणका लागि देखाएको सदाशयता र सहयोगको सराहना गर्दै भारतद्वारा प्रदान गरिएको यस सहयोगको पूर्णरुपमा सदुपयोग गरिने बताउँनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा नेपाली भाषामा छोटो सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि सहयोग गर्न भारत सँधै तत्पर रहेको धारणा जनाउ सहित भारत सँधै समृद्ध र शान्त नेपालको पक्षमा बताउँनु भएको छ साथै उहाँले भारतले आफ्नो स्वतन्त्रताको ७० औँ वर्षगाँठ मनाइरहेको यस महत्वपूर्ण क्षणमा नेपालका प्रधानमन्त्रीको भ्रमण धेरै महत्वपूर्ण रहेको टिप्पणी सहित संविधान र त्यसमार्फत स्थानीय निकायको निर्वाचन गरी लोकतान्त्रिक अभियानमा व्यक्तिगत रुपमा प्रधानमन्त्री देउवा र नेपाली जनताप्रति आभार व्यक्त गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनामा जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको जानकारी दिदै आयोजनाको शिलान्यासका लागि आफूलाई नेपाल आउन प्रधानमन्त्री देउवाले गर्नुभएको निमन्त्रणाले आफूलाई निकै खुसी लागेको बताउनुभएको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।