बुधबार, बैशाख १२, २०८१

प्रवन्ध निर्देशक खड्कालाई तत्काल पदबाट निलम्वन गर : युनियन

काठमाडौं श्रावण २१,  नेपाल प्रेस युनियनले आफ्ना केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई आयल निगमका प्रवन्ध निर्देशक गोपाल press-realese-dilip-poudel 2074-4-21खड्काले दिएको धम्कीप्रति नेपाल आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

 युनियनका महासचिव अजयबाबु शिवाकोटी द्दारा आज जारी प्रेस विज्ञप्तिमा निगमका प्रवन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ती मन्त्रालय पुगेका पत्रकार पौडेललाई मात्र नभइ उनका परिवारलाई पनि क्षती पुर्‍याउने आसयले दिएको धम्कीको युनियनले कडा शब्दमा भत्सर्ना सहित निगममा संस्थागत रुपमा भइरहेका अनियमितताको भण्डाफोर गरेका पत्रकार पौडेललाई चुप लगाउने नियतका साथ खड्काले धम्की दिएको डहर सहित पत्रकारमाथि दुर्व्यवहार गर्दै धम्की दिइने यस कार्यले सरकारी निकायमा मौलाउँदो अराजकता र दण्डहिनतालाई संकेत गरेको उल्लेख गरिएको छ।  त्यस्तै विज्ञप्तिमा नेपाल प्रेस युनियन पत्रकार र उनको परिवारलाई ज्यान लिनेसम्मको धम्की दिने निज खड्कालाई तत्काल पदबाट निलम्वन गरि कार्वाहीको प्रक्रियामा लैजान र पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्वन्धित पक्षसँग युनियनले माग गरेको छ ।