शनिबार, बैशाख ८, २०८१

प्रम देउवा र समकक्षी मोदीवीच द्विपक्षीय वार्ता, वार्ता लगत्तै संयुक्त पत्रकार सम्मेलन

नयाँदिल्ली भाद्र ८,  भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता भएको छ ।  उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नुहुने बताईएको छ ।  त्यस्तै समाचार स्रातेका अनुुसार प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।